![]()
एजेन्सी,२ साउन ।
पाकिस्तानी सेनाले चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा विशाल अभियान शुरु गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ताले इस्लामिक स्टेटले अफगानिस्तानभित्र आइएसले आफ्नो प्रभाव बढाउन थालेकाले त्यसलाई रोक्न‘खैबर चार’ अभियान नै शुरु गरिएको बताएका छन् ।
उनले वायुसेनाको समर्थन लिएर राजगल घाँटीको पहाडि क्षेत्रमा खैबर चारअभियान केन्द्रित गर्ने बताए । यसअघि पाकिस्तानले आफ्नो भूभागभित्र आइएसको उपस्थिति नरहेको जिकीर गरेको थियो । तर अफगानिस्तानमा इस्लामिक स्टेटको बढ्दै गएको प्रभावप्रति पाकिस्तानले चिन्ता व्यक्त गर्दै आएको थियो ।
पाकिस्तानका केही इलाकामा पनि अघिल्लो वर्ष आइएसले आक्रमण गरेको थियो । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल आसिफ गफूरले पाकिस्तानी क्षेत्रमा आइएसको प्रभाव नियन्त्रण गर्न आवश्यक परेकाले विशेष अभियान थालिएको बताए ।


