![]()
कास्की,२ साउन ।
गाई काटेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका(२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीय बासिन्दा ५४ वर्षका रामबहादुर नेपाली र ३६ वर्षका कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
जङ्गलमा गाई काटेको सुराकीका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो ।


