Breaking News.... EverestOnlineKhabar
May 12, 2026

११ डीआईजी, १५ एसएसपीको बढुवा सिफारिस,सिलवाल किन परेनन् ?

Loading

काठमाडौ,१ साउन ।
गृहसचिव संयोजकत्वको बढुवा समितिले ११ प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति गर्न सिफारिस गरेको छ । समितिले प्रहरी महानिरीक्षक बढुवाका क्रममा विवादमा तानिएका वरिष्ठ डीआईजी नवराज सिलवाललाई भने एआईजी बढुवामा सिफारिस गरेन ।
डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने मन्त्रिपरिषद्निर्णयविरुद्ध सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले चन्द बढुवाको निर्णय रद्द गरिदिएको थियो । सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई महानिरीक्षकमा बढुवा गरेपछि पनि सिलवाल सर्वोच्च गए जुन मुद्दा सर्वोच्चमा विचाराधीन छ ।
बढुवा समितिको सिफारिसअनुसार डीआईजी बमबहादुर भण्डारी एक नम्बरमा छन् भने सर्वोच्चको आदेशबाट आईजीपी हुनबाट रोकिएका चन्द दोस्रो नम्बरमा । समितिले डीआईजीहरू देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई पनि एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
यसैगरी, गृह मन्त्रालयले १५ जना एसएसपीलाई प्रहरी नायव निरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । सिफारिस भएकामा सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी छन् । एसएसपीहरू मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेशविक्रम शाहलाई पनि डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.