Breaking News.... EverestOnlineKhabar
May 12, 2026

शैलेशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कांग्रेस विजयी

Loading

दार्चुला,१७ असार ।
दार्चुलाको शैलेशिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ८२९ मत ल्याएर विजयी हुनु भएको छ । एमालेका गंगादत्त जोशीले ३ हजार ४०२ मत ल्याउनुभयो । यस्तै उपमेयरमा पनि कांग्रेसकै राजेश्वरी पाल ३ हजार ९२६ मत ल्याएर विजयी हुनु भएको छ । एमालेकी माधवी धामीले ३ हजार ५२६ मत ल्याउनुभयो ।
यस्तै मालिकाअर्जुन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्रसिंह धामी विजयी हुनु भएको छ । उहाँले ३ हजार ८६ मत ल्याएर विजयी हुनु भएको हो । एमालेका मोहनसिंह धामीले २ हजार ५९२ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा एमालेकी पुष्पा अवस्थीले २ हजार ९५९ मत ल्याएर विजयी हुनु भएको छ । कांग्रेसकी संगीता चन्दले २ हजार ६५६ मत ल्याउनुभयो ।
यस्तै, मार्मा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका जमनसिंह धामी विजयी हुनु भएको छ । उहाँले २ हजार ३५४ मत ल्याउनुभयो । एमालेका देवसिंह महरले १ हजार ८९८ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादीकै बाग्मती धामीले २ हजार २२७ मत ल्याउनुभयो । एमालेका अनुजा पन्तले १ हजार ८३१ मत ल्याउनुभयो ।
दार्चुलाका नौ स्थानीय तहमा नेपाली कांग्रेसले महाकाली नगरपालिका, शैलेशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिकामा जित हात पारेको छ । यस्तै एमालेले लेकम गाउँपालिका, अपी हिमाल गाउँपालिका र माओवादी केन्द्रले मार्मा गाउँपालिकामा जित हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.