Breaking News.... EverestOnlineKhabar
May 11, 2026

एमाले उपाध्यक्ष रावलको जिल्लामा कांग्रेस विजयी

Loading

अछाम,१७ असार ।
अछामको कमलबजार नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ओमप्रकाश बिष्ट ३५८७ मत ल्याएर मेयरमा विजयी भएका छन्। उपमेयरमा पनि कांग्रेसकै भूमिसरा बजगाइँ विजयी भएकी छन्।
एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्लासमेत रहेको अछाममा यो पहिलो मत परिणाम हो। कमलबजारमा मेयर र उपमेयरमा एमालेका उम्मेदवार पराजित भएका छन्। एमालेका मेयर उम्मेदवार दीपक अधिकारीले ३२७७ मत पाए भने उपमेयरमा मना अधिकारीले ३२३७ मत पाएकी छन्।
अछामका तीन नगरपालिकासहित ६ गाउँपालिकाको मतगणना जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.