Breaking News.... EverestOnlineKhabar
June 8, 2026

कांग्रेस र एमालेका शीर्ष नेता नजाने,रविले बोलाएकाे सर्वदलीय बैठक:

Loading

एभरेस्ट अनलाइन खबर काठमाडौँ, जेठ २५ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा (एमाले) का शीर्ष नेताहरू सहभागी नहुने भएका छन्।

सभापति लामिछानेले संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख तथा शीर्ष नेताहरूलाई छलफलका लागि भन्दै सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो। बैठकमा संसद्‌मा रहेका दलहरूबाट पार्टी अध्यक्ष वा सभापतिसहित अनिवार्य दुई जना प्रतिनिधिको सहभागिताका लागि औपचारिक आग्रह गरिएको थियो।

तर, राजनीतिक दलहरूबीचको आन्तरिक समीकरण र कार्यव्यस्तताका कारण कांग्रेस र एमालेका शीर्ष नेतृत्व भने उक्त बैठकमा प्रत्यक्ष सहभागी नहुने निश्चित भएको छ।

कांग्रेसबाट आङदेम्बेले प्रतिनिधित्व गर्ने

नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठकमा नजाने भए पनि पार्टीको तर्फबाट प्रतिनिधित्व भने हुने भएको छ। कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा पार्टीका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी हुनुहुनेछ।

नेपाली राजनीतिमा पछिल्लो समय विकसित घटनाक्रम, संसद्‌को गतिरोध र दलहरूबीचको आपसी समन्वयका विषयमा छलफल गर्न रास्वपाले यो बैठक डाकेको बुझिएको छ। यद्यपि, मुख्य दलका शीर्ष नेताहरू नै अनुपस्थित हुने भएपछि बैठकको निष्कर्ष र यसको राजनीतिक प्रभाव कस्तो रहला भन्ने चासोका साथ हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed