Breaking News.... EverestOnlineKhabar
June 4, 2026

हाडनाता करणीमा २५ वर्ष जेल, नख्खु कारागारबाट भागेका कालीबाबा पक्राउ

Loading

२५ कात्तिक, काठमाडौ । हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नख्खु कारागारमा थुनामा रहेका उनी २४ भदौमा फरार भएका थिए ।

हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतल २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

उच्च अदालत पाटनले त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।

पक्राउ परेका उनलाई नख्खु कारागार पठाइएको प्रहरीले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed