![]()
काठमाडौँ, असाेज ७-पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन् ।
रायमाझी कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए । उनले भने, ‘उहाँ हिजो फर्किनुभएको हो ।’
भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा रायमाझी अदालतको आदेशले थुनामा गएका हुन् ।


