Breaking News.... EverestOnlineKhabar
September 26, 2026

कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर

Loading

 काठमाडौं, असोज, ७  नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।

६ असोजबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो । कांग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ । विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।

विधानको दफा १७ (२) मा भनिएको छ,‘ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ ।

विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको अगुवा नेताहरुले जानकारी गराएका छन् । हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ गर्ने मध्येका एक नारायण भट्टराईले जानकारी गराए । उनले भने, ‘हस्ताक्षर अभियानमा यो त्यो समूह भन्ने छैन । विशेष महाधिवेशन माग गर्ने सबै पक्षका साथीहरु हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed