Breaking News.... EverestOnlineKhabar
April 19, 2026

विश्वप्रकाशले भने- अब कांग्रेसले संसद् पुनर्स्थापनाको माग राख्न हुँदैन, चुनावमा जानुपर्छ

Loading

काठमाडौं, असाेज ७ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनर्स्थापन माग पार्टीले राख्न नहुने बताएका छन्। एक कार्यक्रममा बोल्दै संसद् विघटनबारे पार्टीभित्र दुई मत रहेको बताए।

उनले भने, ‘संसद् पुनर्स्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन्। चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौ। तर मेरो धारणा चाहिँ अब निर्वाचनको मिति घोषणा भइसकेको छ। अफ्ठेरोको बीचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको बेलामा अब पुनर्स्थापन माग राख्न हुँदैन।’

उनले जेनजीले उठाएको मागप्रति समर्थन रहेको पनि बताए। जेनजीले रूपान्तरण ल्याएर गठन गरेको सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधि सहभागी नभएकोप्रति प्रश्न उठाए।

उनले भने, ‘यो सरकारमा एउटा मात्रै पनि जेनजीको प्रतिनिधित्व हुन पर्दैन। बलिदान गर्ने बेलामा जेनजी, परिवर्तनको लागि लड्ने बेलामा जेनजी, सरकार बनाउन पहल गर्ने जेनजी, जो आउनुभएको छ। एक सय एक आउनुभएको छ। तर, जेनजीको प्रतिनिधित्वबिना सरकारलाई पूर्णता दिने कुरालाई हामीले गम्भीरतापूर्वक राख्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed