Breaking News.... EverestOnlineKhabar
April 19, 2026

नेकपा एसको विज्ञप्तीः माओवादीसँग तत्काल एकता हुने खबर निराधार

Loading

नेकपा (एकीकृत समाजवादी) पार्टीले हालै जारी एक प्रेस विज्ञप्तिमार्फत नेकपा (माओवादी) सँग पार्टी एकता गर्ने कुरा सत्य नभएको बताएको छ ।
पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै भनेका छन् , ‘यो खबर पूर्णतः निराधार हो ; यसमा कुनै सत्यता छैन’ ।
विज्ञप्तीमा भनिएको छ कि, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं तर अहिलेसम्म त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed