![]()

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न कार्यदलको बैठक आज पनि बस्दैछ। पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्न लागेको हो।
प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।
हिजो बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका थिए । सिटका लागि गठबन्धनभित्रका दलहरुले आ-आफ्नै दाबी गरेपछि सहमती हुन सकिरहेको छैन् ।


