Breaking News.... EverestOnlineKhabar
June 3, 2026

मेयर हर्क साम्पाङको श्रमदानमा सहभागी हुँदै प्रचण्डले भनेः माओवादीले गर्नुपर्ने काम हर्कले गरिरहनु भएको छ

Loading

धरान । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड धरान पुगेर मेयर हर्क सम्पाङको वृक्षरोपण कार्यक्रममा सहभागी भएका छन् ।

जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेको मौका पारेर मेयर हर्कले आफ्नो वृक्षरोपण कार्यक्रममा सहभागी गराएका हुन् । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् ।

अध्यक्ष प्रचण्ड धरान आएको अवसर पारेर हरेक शनिवार गरिदै आएको वृक्षरोपण एकदिन अघि सारेको मेयर हर्कले बताएका छन् । प्रचण्डले सर्दु जलाधार क्षेत्रमा भइरहेको वृक्षारोपण कार्यक्रममा सहभागीता जनाएक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed