Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आफ्नो पार्टीलाई अवमूल्यन नगर्न गठबन्धनलाई माधव नेपालले दिए चेतावनी

Loading

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका नेताहरुलाई चेतावनी दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका नेताहरुलाई चेतावनी दिएका हुन् । साथै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीको हैसियत देखाइदिने समेत बताएका छन् ।

गठबन्धनको बैठकमा आफ्नो पार्टीबारे गलत मुल्याङ्कन भएको भन्दै उनले आफुहरु अपमान सहेर नबस्ने बरु जनता जाने समेत बताए ।

अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा नौ लाख २७ हजार मत पाएको भन्दै यति धेरै मत पाएको पार्टीलाई कसैले अवमूल्यन नगर्न चेतावनी दिए।
‘हिजो मात्रै बालुवाटारमा छलफल हुँदै थियो । उनीहरुले हाम्रो मत साढे चार लाख मात्रै भन्दै थिए, पोखराको हिसाव खोइ भनेर मैले भनेपछि कुरा त ठिकै हो है, भन्दै थिए, उनले भने ।

उनले स्थानीय निर्वाचनमा सबै ठाउँमा उम्मेदवार उठाएको भए १५ देखि २० लाख भोट पाउने र त्यति भोट पाउँदा अवको चुनावमा १५ देखि २० सिट कसैले रोक्न नसक्ने उनको भनाई थियो । आउने चुनावमा समानुपातिक मतले पनि आफ्नो पार्टीले हैसियत देखाइदिने बताए । पूर्वप्रधामन्त्री समेत रहेका नेपालले पार्टी नेता तथा कार्यकर्तालाइृ निराश हुनुपर्ने अवस्था नहरेको भन्दै पाल्पा, पोखरा, रौतहट लगायतका जिल्लामा पार्टी प्रवेशको आकर्षण बढ्दै गएको भन्दै उत्साह दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed