![]()

काठमाठौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अनधिकृत संरचना भत्काउदा भाडावाललाई पर्न गएको असुविधाप्रति दुख ब्यक्त गर्दै क्षतीपुर्ती भराउन पहल गर्ने बताएका छन् ।
महानगरले आज काठमाडौंका विभिन्न स्थानमा बनेका अनधिकृत संरचना भत्काउदा त्यसमा भाडा गरेर ब्यापार गर्नेहरुलाई पुगेको असुविधाप्रति सामाजिकसंजालमार्फत दुख ब्यक्त गर्दै मेयर बालेनले उचित क्षतीपुर्ती दिलाउन आफुले पहल गर्ने बताएका हुन् ।

‘अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति हामी दुख व्यक्त गर्दछौँ । साथै, त्यस्ता संरचनाहरु भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याएवापत् हुन सक्ने कानुनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरुबाट क्षतिपूर्ति गराउने तर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउँन चाहन्छौँ’, बालनले फेसबुक स्टेटसमा लेखेका छन् ।


