![]()

काठमाडौं । विश्व विख्यात बहुराष्ट्रिय कम्पनी सामसुङले अब नेपालमै टिभी उत्पादन गर्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा सामसुङ टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो । तत्कालका लागि उक्त फ्याक्ट्रीले टिभी मात्रै उत्पादन गर्ने बताइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आज उक्त फ्याक्ट्रीको शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताएका छन् ।
विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन मन्त्री बडुले लगानीकर्ताहरुलाई आग्रह समेत गरे । नेपाल अहिलेसम्म सामसुङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।


