![]()

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ३ बजेपछि गठबन्धन बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको गठित कार्यदल बैठकले पटक पटक छलफल गरेपनि निर्णय भने गर्न सकेको छैन् ।
सिट बाँडफाँडबारे निर्णय गर्न नसकेपछि सिटौलाले पार्टी नेतृत्वलाई नै जिम्मेवारी सुम्पेका थिए । आजको बैठकमा गठबन्धनका शीर्ष नेताहरु बसेर छलफल गर्ने बताइएको छ । सिटबारे आ आफ्नै दावी रहेकाले गठबन्धनमा सहमती हुन गाह्रो भइरहेको छ । सहमती नुहँदा दलहरुले उम्मेदवारको टुंगो समेत लगाउन सकेका छैनन् ।


