
काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । चार बर्षे कार्यकालका लागि उनि नियुक्त भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो। उप्रेतीसहित निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिसमा परेका थिए ।
कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । जेठ २० गते पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो । आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवारहरु मात्र छानिएको थियो ।


