![]()
२०७६ फागुन ०८, काठमाडौँ– गोकुल बास्कोटाको विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका केही कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट उनीहरु प्रक्राउ परेका हुन् । धनगढीबाट काठमाडौँ फर्कनेक्रममा बास्कोटालाई विमानस्थलमा नेवि संघ कार्यकर्ताले कालो झण्डा देखाएका थिए ।
बास्कोटाले एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोड भन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनुपर्ने भन्दै बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको छ । यसैबीच सभामुख अग्नि सापकोटाले सञ्चारमन्त्री बास्कोटाको राजिनामा आइसकेको संसदमा जानकारी गराएका छन् ।


