Breaking News.... EverestOnlineKhabar
April 20, 2026

नेपालले बंगलादेशको सइदपुर विमानस्थल प्रयोग गर्न पाउने

Loading

२०७६ फागुन ०७, काठमाडौं– बंगलादेशले नेपाललाई सइदपुर विमानस्थल प्रयोग गर्न दिने भएको छ । दुई मुलुकबीच व्यापार र कनेक्टिभिटी विस्तार गर्नका लागि बंगलादेशले नेपालको प्रस्ताव स्वीकार गरी यस्तो निर्णय गरेको बंगलादेशको यूएनबी समाचार संस्थाले जनाएको छ । बंगलादेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशी विदेशमन्त्री अब्दुल मोमेनबीच मंगलबार यस सम्झौतामा हस्ताक्षर भएको हो । यसबाट दुई मुलुकबीचको व्यापार, लगानी र कनेक्टिभिटी सुदृढ हुने अपेक्षा गरिएको छ ।

अब त्यस विमानस्थलबाट भरिने उडानको अध्ययनका लागि नेपालले टोली गठन गर्ने । बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको विमानस्थलको स्तरोन्नती भइरहेको र हाल ढाकाबाट हरेक दिन १२ देखि १४ वटासम्म उडान भइरहेका कारण नेपालबाट बंगलादेश आउनेहरुलाई ढाका पुग्न सहज हुने बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले जनाएका छन् । सन् १९७९ देखि बंगलादेशको आन्तरिक विमानस्थलको रुपमा सञ्चालन हुँदै आएको यो विमानस्थल १३६.५९ एकड क्षेत्रफलमा फैलिएको छ । सइदपुर शहरबाट दुई किलोमिटरको दुरीमा रहेको यो विमानस्थलमा बंगलादेशको ध्वजावाहक विमान बंगलादेश एअरलाइन्स, नोभोएअर र यूएस बंगला एअरलाइन्सले उडान भर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed