Breaking News.... EverestOnlineKhabar
April 20, 2026

गुण्डागर्दीमा संलग्न एक जना पक्राउ

Loading

२०७६ फागुन ०७, काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका पासलाल तामाङलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पासलाललाई काठमाडौको जडिबुटीबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौ पठाएको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उपरीक्षक सिंहका अनुसार तामाङ कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा करिब १८ महिना जेल भुक्तान गरेर छुटेका हुन् । तामाङ सिन्धुपाल्चोक जिल्लामा ज्यान मार्ने उद्योग मुद्दामा समेत संलग्न रहि फरार रहेको प्रहरीले जनाएको छ । यसअघि तामाङको समूहले बलेफी हाइड्रोपावरका ठेकेदारलागायतलाई हतियार देखाएर मार्ने तथा हातखुट्टा भाँच्ने धम्की दिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed