![]()
२०७६ माघ १७, जनकपुरधाम । सिरहामा लागू औषधसहित एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० का ३४ वर्षीय सन्तोष हमाल रहेको सिरहा प्रहरीले जनाएको छ । हमाललाई ईलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटेको गस्ती टोलीले स ३ प ८६५२ नम्बरको मोटरसाइकललाई चेक गर्दा लागुऔषध सहित नियन्त्रणमा लिएको हो । हमाललाई लागुऔषध डाइलेक्स डिसि १९ बोतल, नाइट्रोभेट ६० ट्याब्लेटसहित नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।


