Breaking News.... EverestOnlineKhabar
April 20, 2026

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Loading

२०७६ माघ १२, काभे्र । काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ । पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठको शनिबार दुर्घटनामा मृत्यु भएको छ ।

सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठक्कर दिँदा गम्भीर घाइते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । दुर्घटनामा टाउको र कम्मरका गम्भीर चोट लागी घाइते मोटरसाइकलमा सवार रामेछापको सालु देउराली गाउँपालिका–२ का २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed