![]()
२०७६ माघ १२, काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री महिमा सिल्वालको रोमान्स रहेको फिल्म ‘ताकतवर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा फिल्म भित्रको एक्सनका दृश्यले प्रथामिकता पाएका छन् । ट्रेलरमा सविन र महिमाको प्रेमका उचारचढाव समेत समेटिएको छ । गजेन्द्र रञ्जितको लेखन तथा निर्देशन रहेको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । तर निर्माण युनिटले प्रचार प्रसारका लागि भन्दै ट्रेलरसार्वजनिक गरेको हो ।
चैत दोस्रो साताभित्र फिल्म प्रदर्शनमा ल्याउने दौडधुपमा आफु लागेको निर्देशक गजेन्द्रले बताए । आरती शाहीको निर्माता रहेको फिल्ममा ले रामेश्वर हुमागाईको छायाँकन छ । फिल्ममा सविन र महिमाका अलावा स्वर्गीय रामकेशर बोगटी, ध्रुव कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको सह निर्मातामा सुनिल विष्ट, बद्री फुयाँल र नारायण कृष्ण महर्जन रहेका छन् । फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, सुनिल श्रेष्ठको कथा र चन्द्र पन्तको द्वन्द्व छ ।


