Breaking News.... EverestOnlineKhabar
June 14, 2026

Loading

२०७ट माघ ०३, काठमाडौं । तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपीएल) फुटसल प्रतियोगिता भोली (शनिबार) बाट सुरु हुने भएको छ । आयोजक वि युनाइटेडले शुक्रबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता शनिबार सुरु हुने जनाएको हो । मण्डीखाटारस्थित ग्रासरुट रियाक्सलन फुटसलमा सुरु हुने प्रतियोगितामा ८ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता ६ साता चल्ने छ । हरेक साताको शनिबार मात्र खेल हुनेछ । खेलहरु महिला रेफ्रिले संचालन गर्ने छन् । प्रतियोगितामा एबिसी, ढुकु फुटसल, कुमारी फुटसल, एमयुएफसी नेपाली गर्ल्स, बार्सा नेपाल, फुटसल एरिना, लाखुर फुटसल र द माइटि महिलाजले खेल्ने छन् । सहभागी ८ टोलीले एकअर्काविरुद्ध खेल्नेछन् । र, शीर्ष स्थानमा रहेको टिमले उपाधि जित्नेछ । विजेता, उपविजेता र तेस्रो टिमले ट्रफी, मेडल तथा गिफ्ट ह्याम्पर पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.