Breaking News.... EverestOnlineKhabar
April 20, 2026

अजयको ‘तान्हाजी’ले एक सातामा कति कमायो ?

Loading

नायक अजय देवगण अभिनित सयौं चलचित्र ‘तान्हाजी’ सय करोड क्लबमा प्रवेश गरेको छ । यो चलचित्र रिलिज भएको छैटौ दिनमा सय करोड क्लबमा प्रवेश गरेको हो । शुक्रबार १५.१० करोडको ओपनिङ व्यापार गरेको यो चलचित्रले शनिबार २०.५७ करोडको व्यापार गर्यो । आइतबार चलचित्रले २६.२६ करोडको व्यापार गर्दा सोमबार १३.७५ करोड कमायो । मंगलबार १५.२८ करोडको कमाई गरेको चलचित्रले बुधबार १६.७२ करोडको कमाई गर्यो र सय करोड क्लबमा प्रवेश गर्यो ।

बिहिबार भने चलचित्रले ११.२३ करोडको कमाई गरेको छ । योसँगै यो चलचित्रले पहिलो सातामा ११८.९१ करोडको कमाई गरेको छ । यो चलचित्रलाई लगानी सुरक्षित गर्न मात्र पनि १८० करोडको हारहारीमा व्यापार गर्नुपर्ने हुन्छ । दोश्रो सातामा चलचित्रले लगानी सुरक्षित गर्ने अपेक्षा गरिएको छ । नायक अजय देवगणको सयौं चलचित्र पनि बक्स अफिसमा हिट हुने बाटोमा देखिएको छ । चलचित्रले महाराष्ट्रमा निकै नै राम्रो व्यापार गरेको छ । दिल्ली, पंजाब, बंगालमा चलचित्रको व्यापार अपेक्षित छैन ।

नायक तथा निर्माता अजय देवगणले चलचित्र चलेपछि आफ्ना दर्शकलाई धन्यवाद दिदै ‘भयंकर हिट’ भनेका छन् । ‘तान्हाजी’ले बक्स अफिसमा दमदार कारोबार गरिरहँदा नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ले भने पहिलो सातामा २८ करोडको व्यापार गरेको छ । चलचित्र बक्स अफिसमा असफल हुने बाटोमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed