Breaking News.... EverestOnlineKhabar
June 14, 2026

भलिबल क्लब च्याम्पियनसिपमा आर्मीको विजयी शुरुआत

Loading

२०७६ माघ ०३, काठमाडौं– पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार दिउँसो भएको पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो । आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो । जितसँगै आर्मीले २ अङ्क जोडेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ ७ टोलीको सहभागिता छ । महिलातर्फ शुक्रबार नै होङ्गवाञ्जी न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । पुरुष भलिबलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । चारै समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed