Breaking News.... EverestOnlineKhabar
June 19, 2026

घरको छतबाट खसेर बालिकाको मृत्यु

Loading

२०७६ पुस ११, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत अनिषा पौडेलको मृत्यु भएको हो । पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी प्रहरीले जनाएको छ । छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् । रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरेपछि पौडेलको अन्त्येष्टि गरिसकिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed