![]()
२०७६ पुस ११, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे ।
जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । र, आर्मी लिगेको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले यस अघि पहिलो खेलमा फ्रेन्डस् क्लबलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा साविक विजेता मनाङसँग १–० ले पराजित भएको थियो । शेर्पाले ३ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको दशौँ स्थानमा रहेको छ । शेर्पाले पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी तथा दोस्रो खेलमा एपीएफसँग १–१ गोलको बराबरी खेलेको थियो ।


