Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाउन लागेको फिल्म ‘छक्का पञ्जा ४’ २०७७ सालको दशैंमा प्रदर्शनमा आउने तय भएको छ । यस वर्ष ‘छ माया छपक्कै’ लिएर आएको यो टिमले अर्को वर्षको दशैंमा फिल्म ‘छक्का पञ्जा’ को चौथो श्रृंखला दर्शकमाझ पस्कने घोषणा गरेको छ । निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जि.जि.ए ग्रुपलाई काठमाडौंभित्र र एफडी कम्पनीलाई मोफसलमा फिल्म वितरण गर्ने अधिकार दिएका छन् । शुक्रबार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो ।

दीपाश्री निरौलाले निर्देशन गर्ने ‘छक्का पञ्जा ४’ दशैंको फूलपातीमा प्रदर्शन हुने दीपकराजले बताएका छन् । अब यो फिल्मको भिडन्त मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्मसँग हुनेछ । अर्को वर्षको दशैंका लागि अहिलेसम्म मह जोडीको फिल्म र अशोक शर्माको फिल्म ‘अल्लारे २’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । त्यस्तै, ‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed