Breaking News.... EverestOnlineKhabar
May 11, 2026

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गृह जिल्ला भोजपुरमा हेलिकप्टर चढेर शनिबार चारवटा कार्यक्रममा प्रमुख

Loading

भोजपुर :  मुख्यमन्त्री राईले पूर्वी पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मास्थित चौथो भोजपुर ट्रेल रेस उद्घाटन, मीरा राई बहुउद्देश्यीय भवनको शिलान्यास, एकीकृत स्वास्थ्य शिविर र गाउँपालिका केन्द्र च्याङ्ग्रेस्थित किरात राई दुङ्माली भाषासंस्कृति संग्राहलयको शिलान्यास गरेका हुन्।

प्रदेश र प्रतिनिधीसभाको चुनावपछि पहिलोपटक पौवादुङ्मा गाउँपालिका आएका मुख्यमन्त्री राईले भोजपुरलाई प्रदेश १ सरकारले समृद्धिको प्राथमिकतामा राखेको बताए। विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनले प्रतिवद्धता जनाए।

मुख्यमन्त्रीसंगै भोजपुर आएका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले भोजपुरको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना अगाडि बढाएको बताए। स्थानीय सरकारको सन्दर्भलाई समेट्दै उनले भने, ‘स्थानीय तहले पहिले योजना प्रष्ट पार्ने काम गर्नु प¥यो। त्यसले प्रदेश सरकारलाई बजेटिङ गर्न सहज हुन्छ।’

विश्व अल्ट्रा धावक मीरा राईको जन्मथलोमा सानोदुम्मास्थित मीरा राई बहुउदेश्यीय भवन शिलान्यास गरी मुख्यमन्त्री राई हेलिकप्टर चढेर करिब ७ किलोमिटरको दूरीमा पर्ने गाउँपालिका केन्द्र नजिकैको संग्राहालय शिलान्यास गर्न पुगेका थिए। शिलान्यास गरिएका बहुउदेश्यीय भवनका लागि मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राईले सांसद विकास कोषअन्र्तगत २० लाख र संग्राहालयका लागि १५ लाख बजेट विनियोजन गरेका थिए। कार्यक्रममा सानोदुम्माबासीले सुख्खा खडेरी क्षेत्र, गाउँपालिका स्तरीय खानेपानी, भोजपुर ट्रेल रेस कोष स्थापना, मुन्दुम टे«ल पदमार्गलाई पौवादुङ्मा गाउँपालिकामा समेट्न मुख्यमन्त्रीसमक्ष माग राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.