Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला भत्किने : माधवकुमार नेपाल

Loading

रौतहट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला भत्किने शंका व्यक्त गरेका छन्। राजदेवी मिडिया सेन्टरद्वारा सदरमुकाम गौरमा आयोजित सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको सरकारको अंकगणित टुटेर प्रदेश २ नयाँ सरकार बन्न सक्ने सम्भावना रहेको बताए।

केन्द्रसहित ६ वटा प्रदेशमा नेकपाको सरकार रहेको र प्रदेश २ संसद्मा पनि सबैभन्दा ठूलो पार्टी नेकपा नै भएको बताउँदै उनले प्रदेश २ मा पनि नेकपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना इंगित गरेका छन्। उनले भने, ‘मधेसी दलको अंकगणित प्रदेश २ मा कुनै पनि बेला टुट्न सक्छ, राजनीतिक गणितको आधारमा बनेको सरकारको कुनै भर हुँदैन।’

साथै उनले देशमा बढ्दो भ्रष्टाचार तत्काल नियन्त्रण गर्नुपर्ने बताएका छन्। वर्तमान सरकारले बहुमतको घमण्ड नगरी भ्रष्टाचार, मूल्यवृद्धिजस्ता गैरजिम्मेवार प्रवृत्ति तुरुन्त रोक्नुपर्ने बेला आएको उनले बताए। प्रदेश २ सरकारलाई जनहितमा काम गर्न पनि उनले आग्रह गरे। विगतमा नाम चलेका नेताहरु अहिले भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले भने, ‘अहिले इमानदार भएर जनताको सेवा गरौं, भ्रष्टाचारीलाई दण्डित गरौं, भ्रष्टाचारको लोभमा जीवन बर्वाद नगरौं, पैसा त आउँछ तर, पछि पछुताउनुको विकल्प हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed