Breaking News.... EverestOnlineKhabar
May 12, 2026

ब्राजिलियन फुटबल स्टार नेमार परिवारसँग समय बिताइरहेका छन्।

Loading

ब्राजिलियन फुटबल स्टार नेमार अहिले चोटबाट मुक्त हुने प्रयासमा छन् र उनले यतिबेला परिवारसँग समय बिताइरहेका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्दै आएका उनले आमा नादिया सान्तोस तथा परिवारका अरू सदस्यसँग समय बिताइरहेको तस्बिर सार्वजनिक गरेका छन्।

ट्वीटरमा सार्वजनिक तस्बिरमा नेमार आमाको काखमा छन्। ‘जति समय बितोस, आमाको काख भनेको जहिले पनि उस्तै रहन्छ,’ उनले आमाको काख सदा प्रिय हुने संकेतका इमोजी पनि समेटेर ट्वीट गरेका छन्।

गोडामा लागेका चोटका कारण मैदानबाहिर रहेका नेमारले पीएसजीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा खेल्ने म्यानचेस्टर युनाइटेडसँगका दुवै खेल गुमाउनेछन्।  फ्रेन्च कपअन्तर्गत गएको जनवरीमा भएको खेलको क्रममा चोटग्रस्त भएका उनी अझै एक महिना मैदानबाहिर रहनेछन्।

नेमारले चोटबाट निको हुन गरेको कडा परिश्रमको भिडियो पनि सार्वजनिक भएको छ। नेमारमाथि सानो ट्याकलमा पनि लड्ने गरेको र सानो चोटमा पनि ठूलो प्रतिक्रिया दिने गरेको आरोप लाग्न छोडेको छैन। यसै बीचमा एउटा फ्रान्सेली रेडियोले गरेको सर्वेक्षणमा सहभागी ८४ प्रतिशतले नेमारले विपक्षी खेलाडीलाई उक्साउने गरेको बताएका छन्। तर, उनको क्लब पीएसजीले यो सर्वेक्षणप्रति  आक्रोश जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.