Breaking News.... EverestOnlineKhabar
May 12, 2026

वीपीको नाममा प्रस्तावित भएको उद्यानमा :शहीद स्मृति पार्क निर्माणको शिलान्यास

Loading

नेपाली कांग्रेसले वीरगञ्जमा रहेको वीपी उद्यानका लागि छुट्याइएको जग्गामा नराख्न प्रदेश सरकारलाई चेतावनी दिएका छ । कामंग्रेसले यदि जग्गा मासिएको खण्डमा आफुले बाध्य भएर एक्सन लिने बतााएको हो । अहिले प्रदेश २ को सरकारले उक्त जग्गामा शहीद स्मृति पार्क बनाउन लागेको छ ।

माघ २४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको हो ।

हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क निर्माणको शिलान्यास गरेका थिए ।

नेपाली कांग्रेसले यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सरकारको शैली जुन प्रकारको देखियो, त्यो बदल्नुपर्छ, यसमा केन्द्रीय सरकारले गम्भीरता राखोस्, प्रदेश सरकार पनि गम्भीर बनोस् । वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि बढोस् ।’

शर्माले २०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा। प्रकाशचन्द्र लोहनीले वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.