Breaking News.... EverestOnlineKhabar
May 12, 2026

विवाह पञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ, प्रदेश २ सरकारले गर्यो अभिनन्दन

Loading

जनकपुर ।  भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ  विवाह पञ्चमीमा सहभागी हुन जनकपुर आएका छन । उनलाई बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरुले स्वागत गरे ।

मुख्यमन्त्री आदित्यनाथ जनकपुर बिमानस्थलबाट सिधै जानकी मन्दिर पुगेका थिए । मन्दिरमा दर्शन र पूजापछि योगी मुख्यमन्त्री राउतले दिएको दिवाभोजमा सरिक भएका थिए । त्यहाँ उनले राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झालाई भेटे ।

मुख्यमन्त्री राउतको निवास मधेश भवनमा प्रदेश २ सरकारले योगीको भव्य अभिनन्दन पनि गरेको छ । अभिनन्दनपछि रग मैदानमा आयोजित राम सीताको विवाह महोत्सवमा मुख्यमन्त्री योगी सहभागी भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.