Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेतृ सुकी स्वदेश फिर्ता, उपप्रधानमन्त्री पोखरेलले गरे बिदाइ

Loading

काठमाडौं । चार दिने नेपाल भ्रमण पूरा गरी म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे । सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन् ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् । भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो-१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिन् । सम्बोधनको क्रममा उनले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.