Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनिस ला लिगा : रियल मेड्रिडद्वारा भ्यालेन्सिया २–० ले पराजित

Loading

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियाल मड्रिडले भ्यालेन्सीयालाई पराजित गरेको छ । रियालले पाहुना टोली भ्यालेन्सीयामाथि २–० जित निकाल्दा लुकास भान्जकेजले १ गोल गरेका थिए । ८ औं मिनेटमा ड्यानियलको आत्मघाती गोलबाट रियालले अग्रता बनाएको थियो ।

ड्यानी कार्भाजनको क्रसलाई क्लियर गर्ने क्रममा ड्यानियले आफ्नै पोष्टमा गोल गरेका थिए । पहिलो हाफमा उपहार गोलबाट अग्रता बनाएको रियालले ८३ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । करीम बेन्जीमाको पासमा लुकास भान्जकेजले गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए ।

जितपछि  रियालले शिर्षस्थानमा रहेको सेभिल्ला र दोस्रो स्थानमा रहेको बार्सिलोनासंग अंकदूरी घटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.