Breaking News.... EverestOnlineKhabar
June 26, 2026

निर्मलालाई न्याय माग्दै बिप्लव माओवादी सडकमा, बलात्कारीलाई फाँसी र सरकारको राजीनामा माग

Loading

कञ्चनपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीले निर्मला पन्तका हत्यारा पक्राउ गरेर कारबाही गर्न माग राख्दै महेन्द्रनगरमा प्रदर्शन गरेको छ ।

आइतबार बिहान महेन्द्रनगर बजारमा प्रदर्शन गरिएको हो । केही दिन अघि काठमाडौँमा पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले निर्मलाका हत्यारालाई अब आफ्नो पार्टीले पक्राउ गरेर जनकारबाही गर्ने चेतावनी दिएका थिए ।

उनको यो अभिव्यक्तिले तरंग पैदा गरेका बेला पार्टीले महेन्द्रनगरमा प्रदर्शन गरेको हो । आइतबार भएको प्रदर्शनका सहभागीहरुले ‘निर्मलालाई न्याय दे, बलात्कारीलाई फासी दे, नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.