Breaking News.... EverestOnlineKhabar
June 26, 2026

फ्रान्स: प्रदर्शन हिंसात्मक भएपछि राष्ट्रपति आक्रोशित

Loading

बीबीसी । फ्रान्सेली राष्ट्रपति एमानुएल माकोँले सप्ताहअन्तमा देशभर भएका सरकार विरोधी प्रदर्शनको क्रममा राजधानी प्यारिसमा भएका हिंसाको भर्त्सना गर्दै प्रदर्शनकारीहरूले आक्रोश पोख्ने क्रममा कानुन उल्लङ्घन गरेको बताएका छन्।

पहेँलो भेस्ट लगाएका प्रदर्शनकारीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा भन्दै गरेको हिंसात्मक प्रदर्शनको क्रममा थुप्रै निजी तथा सार्वजनिक भवनमा आगजनी गरिएको र थुप्रै मानिस घाइते भएपछि आर्जेन्टिनामा जी ट्वेन्टी शिखर सम्मेलनमा पुगेका राष्ट्रपति माक्रोँ आक्रोशित भएका हुन्।

प्यारिसमा इन्धनको मूल्यवृद्धिविरूद्ध तेस्रो सप्ताहन्तमा भएको प्रदर्शनकको क्रममा आर्क डि ट्रिओम्फ स्मारक स्थलमा प्रहरी तथा प्रदर्शनकारीहरूबीच भीषण झडपहरू भएका छन्। प्रदर्शनकारीहरूले राष्ट्रिय स्मारक आर्क डि ट्रीओम्फमाथि चढेर त्यसको अपमान गरेको भन्दै राष्ट्रपति माक्रोँले उनीहरूको कदमको निन्दा गरेका छन्।

उग्र बन्दै गरेका प्रदर्शनकारीहरूलाई रोक्न सुरक्षाकर्मीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरे भने प्रदर्शनकारीहरूले प्रहरीतर्फ ढुंगामुढा गर्दै ठाउँ ठाउँमा आगजनी गरेका थिए। झडपका क्रममा १७ जना सुरक्षा फौजका सदस्यसहित कम्तिमा ११० जना घाइते भएका छन् र २७० जनालाई प्रहरी नियन्त्रणमा लिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed