Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अहिलेसम्मकै सबैभन्दा महंगो स्मार्टफोन ल्याएको छ ।  हुवावेले महंगो स्मार्टफोनको सूचिमा  एप्पललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो ।

हुवावेले बेलायतको लण्डनमा आयोजित विशेष समारोहमा आफ्नो फ्लागसीप Mate 20 स्मार्टफोन लञ्च गरेको हो । हुवावेले मेट ट्वान्टी सिरिजका चारवटा मोडेल सार्वज्निक गरेको छ । जसमध्ये Mate 20 RS  स्मार्टफोन सबैभन्दा महंगो रहेको छ ।

उक्त स्मार्टफोनको सुरुवाती मूल्य १६ सय ९५ युरो तोकिएको छ । मेट ट्वान्टी आरएसमा ८ जिबीको र्याम, २५६ जिबीको स्टोरेज रहेको छ । त्यस्तै ८ जिबी र्याम र ५१२ जिबी स्टोरेज सहितको मोडेल नोभेम्बरमा उपलब्ध गराइने र त्यसको बेस प्राइस २ हजार ९५ युरो हुने हुवावेले जनाएको छ ।

यसअघि सबैभन्दा महंगो स्मार्टफोनको रुपमा आइफोन एक्सम्याक्स रहेको थियो । ६४ जिबी स्टोरेज क्षमताको आइफोन एक्स म्याक्सको बेस प्राइस १६ सय ४९ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed