![]()
एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अहिलेसम्मकै सबैभन्दा महंगो स्मार्टफोन ल्याएको छ । हुवावेले महंगो स्मार्टफोनको सूचिमा एप्पललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो ।
उक्त स्मार्टफोनको सुरुवाती मूल्य १६ सय ९५ युरो तोकिएको छ । मेट ट्वान्टी आरएसमा ८ जिबीको र्याम, २५६ जिबीको स्टोरेज रहेको छ । त्यस्तै ८ जिबी र्याम र ५१२ जिबी स्टोरेज सहितको मोडेल नोभेम्बरमा उपलब्ध गराइने र त्यसको बेस प्राइस २ हजार ९५ युरो हुने हुवावेले जनाएको छ ।
यसअघि सबैभन्दा महंगो स्मार्टफोनको रुपमा आइफोन एक्सम्याक्स रहेको थियो । ६४ जिबी स्टोरेज क्षमताको आइफोन एक्स म्याक्सको बेस प्राइस १६ सय ४९ रहेको छ ।


