![]()
बीबीसी । इराकको नयाँ प्रधानमन्त्रीकारुपमा अदेल अब्दुल माहदीले शपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले शपथ गरेका हुन् ।
संसदले २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए । संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले शपथ लिएका हुन् ।
संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सारेको सरकारको कार्यक्रम पनि व्यापक छलफलपश्चात् पारित गरेको छ । संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए ।


