Breaking News.... EverestOnlineKhabar
June 20, 2026

Loading

बीबीसी । इराकको नयाँ प्रधानमन्त्रीकारुपमा अदेल अब्दुल माहदीले  शपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले शपथ गरेका हुन् ।

संसदले २२ मध्ये १४ जनाको नामलाई अनुमोदन गरेको छ । संसदका सभामुखले मन्त्रीहरुको नाम एकपछि अर्को गर्दै पढेर संसदमा सुनाएका थिए ।  संसदले अनुमोदन गरेका प्रधानमन्त्री माहदी र १४ जना मन्त्रीले शपथ लिएका हुन् ।

संसदको अधिवेशनले प्रधानमन्त्री माहदीले अघि सारेको सरकारको कार्यक्रम पनि व्यापक छलफलपश्चात् पारित गरेको छ । संसदमा उपस्थित २२० जना सांसदले मन्त्रीहरुको नामलाई अनुमोदन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed