Breaking News.... EverestOnlineKhabar
June 20, 2026

भारतः विमानस्थल सुरक्षाकर्मीलाई कम मुस्कुराउन निर्देशन

Loading

बीबीसी । भारतमा विमानस्थलका सुरक्षाकर्मीहरूलाई कम मुस्कुराउन निर्देशन दिइएको छ। सुरक्षाकर्मीको मुस्कानले अरूलाई सुरक्षाव्यवस्था फितलो रहेको हो कि भन्ने प्रभाव पार्ने सम्भावना भएको र आतङ्कवादी आक्रमणको खतरा निम्तिन सक्ने भन्दै त्यस्तो कदम चालिएको हो।

उड्डयन सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल आफूअन्तर्गत रहेका सुरक्षकर्मीहरू ‘मित्रवत्‌ हुनुभन्दा बढी सर्तक होऊन्’ भन्ने चाहन्छ। भारतको अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसका अनुसार उड्डयन सुरक्षाकर्मीहरूले अब ‘एकदमै मुस्कुराउनुभन्दा ठिक्कको मुस्कुराउने’ थिति बसाल्नेछन्।

अतिमित्रवत् हुँदा विमानस्थलमा आतङ्कवादी आक्रमण हुने जोखिम हुन सक्छ भन्ने कुरा बुझ्न भनिएको छ। ‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’का महानिर्देशक राजेश रञ्जनले भने, “अमेरिकामा सेप्टेम्बर ११ को आक्रमण यात्रुहरूप्रतिको अतिमित्रवत् व्यवहारकै कारण भएको थियो।”

भारतीय प्रहरीलाई उनीहरूको स्तर उकास्न अथवा व्यवहारमा परिवर्तन गर्न भनिएको यो पहिलो पटक चाहिँ होइन। गत जुलाईमा कर्णाटक राज्यमा स्टेट रिजर्भ प्रहरीलाई आफ्नो तौल घटाउन अथवा निलम्बनको सामना गर्न भनिएको थियो। सन् २००४ मा मध्यप्रदेशका प्रहरी जवानलाई जुँगा पाल्न भत्ता दिइयो किनकि त्यसबाट हाकिमहरूले आफूप्रति अझ बढी सम्मान दर्शाइएको रूपमा लिन्थे। त्यसको विपरीत एशियाका अरू देशमा जस्तै कि नेपालमा प्रहरीलाई थप मित्रवत् बनाउनका निम्ति ६०० प्रशिक्षक नियुक्त गरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed