Breaking News.... EverestOnlineKhabar
June 20, 2026

आन्तरिक विवादपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

Loading

काठमाडौं।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न असोज २५ गतेलाई बैठक बोलाएको थियो ।  अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने  चेतावनी दिएपछि बैठक अनिश्चितककालका लागि स्थगित भएको हो ।

यसअघि आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भातृ संस्था नेविसंघको विधानमा ३२ वर्षे हदम्याद कायम गर्ने निर्णय पारित गरेपछि पार्टीका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र कृष्ण सिटौलाले निर्णयमा असहमति जनाउदै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

सोमबार सिटौला, सिंह र केसी पक्षको बैठक बसेर सभापति देउवाले पार्टीमा विधि विधान विपरित एकलौटी निर्णय गर्न थालेको भन्दै आपत्ति जनाएका थिए । त्यसै दिन उनीहरुले असोज गते २५ बस्ने बैठक बहिस्कार गर्ने घोषणा गरेका थिए । यसैबीच सिटौला, सिंह र केसीपक्षको दवावपछि रामचन्द्र पौडेल पक्षले समेत केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

बुधबार नेता पौडेलले आफू निकटका नेताहरुलाई निवासमै बोलाएर र केहीलाई टेलिफोनमा सम्पर्क गरी धारणा मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed