Breaking News.... EverestOnlineKhabar
June 20, 2026

Loading

बीबीसी । फ्लोरिडा र आसपासका क्षेत्रमा  माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न आदेश दिइएको छ। मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडातर्फ माइकल नाम दिइएको विनाशकारी आँधी अघि बढिरहेको बताउँदै अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन वा सुरक्षित स्थानतर्फ जाने आदेश दिएका छन्।

बुधवार अमेरिकी भूभाग पुग्ने ‘तेस्रो वर्ग’को त्यो आँधीले झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा हुरी ल्याइरहेको बताइएको छ। माइकल आँधीले एयालाबामा, फ्लोरिडा र जर्जिया राज्यका भूभागमा क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ। त्यो आँधीका कारण मध्य अमेरिकाका विभिन्न स्थानमा कम्तीमा १३ जनाको ज्यान गइसकेको बताइएको छ।

माइकल आँधी अघि बढ्दै गर्दा फ्लोरिडाका अधिकारीहरूले त्यो राज्यको उत्तर पश्चिमी तटीय क्षेत्रमा बसोबास गर्ने मानिहसहरूलाई सतर्क रहन चेतावनी दिएका छन्। उनीहरूले आँधी बुधवार अमेरिकी भूभाग आइपुग्दा त्यसले ठूलो विनाश निम्त्याउन सक्ने बताएका छन्।

माइकल आँधीले साढे तीन मिटरसम्म अग्लो छालका साथै ठूलो वर्षा र मानिसहरूको ज्यान जोखिममा पार्न सक्ने बाढी ल्याउन सक्ने चेतावनी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed