Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । बुधबार राति सान्टियागो बर्नेबेउमा भएको समूह जी को खेलमा रियल मड्रिडले इटालियन क्लब रोमालाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा रियल मड्रिडलाई जित दिलाउन इस्को, ग्यारेथ बेल र मरियानो डेइजले गोल गरे ।

खेलमा ४५ औं मिनेटमा इस्कोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलले अघि रहेको रियल मड्रिडले दोस्रो हाफमा २ गोल गर्दा रोमाले भने गोल गर्न सकेन ।

खेलको ५८ औं मिनेटमा बेलले गोल गर्दै रियल मड्रिडलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा डेइजले गोल गरेपछि रियल मड्रिले रोमालाई ३–० गोलले पराजित गरेको हो ।

त्यस्तै, बुधबार राति नै भएको यही समूहको अर्को खेलमा भिक्टोरिया प्लेजन र सीएसकेए मस्को २–२ गोलको बराबरी रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.