Breaking News.... EverestOnlineKhabar
October 3, 2026

डाटा सेन्टरका लागि गुगलले खर्च गर्दैछ १४ अर्ब

Loading

एजेन्सी । दक्षिण अमेरिकी मुलुक चिलीमा रहेको डाटा सेन्टरलाई विस्तार गर्नका लागि गुगलले झण्डै १४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । करोडौँ प्रयोगकर्ताका डाटाहरु सुरक्षण गर्ने गुगलको एकमात्र डाटा सेन्टरको रुपमा रहेको चिलीको उक्त डाटा सेन्टरलाई सुदृढ बनाउन झण्डै १४ करोड डलर लगानी गर्ने गुगलले घोषणा गरेको हो ।

सान्टियागोस्थित क्विलिकुरामा रहेको विभिन्न १५ वटा डाटा सेन्टरको उक्त कम्प्लेक्समा जिमेल, गुगल म्याप्स, युट्युब, वेज, उबर, इफे लगायत गुगलका विभिन्न एप्लिकेसनबाट सिर्जित असंख्य डाटाहरु संरक्षित गरिन्छ ।

चिलीका राष्ट्रपतिको उपस्थितिमा भएको कार्यक्रममा गुगलले डाटा सेन्टरको क्षमता तेब्बरले वृद्धि गरिने र त्यसक्रममा स्थानीय १ हजार मानिसले रोजगारी पाउने बताएको छ । अर्को महत्वपूर्ण कुरा के भने गुगलको उक्त डाटा सेन्टर अटाकामा मरुभूमिमा रहेको इआइ रोमेरो सोलार प्लान्टबाट उत्पादित नविकरणीय ऊर्जाबाट सञ्चालित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed