![]()
बीबीसी । पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीको सरकार सत्तामा आएको केही हप्ता मात्रै भएको छ । यसैबीच मानिसहरुले एक विशेष मन्त्रीको आलोचना गर्ने मौका पाएका छन् ।
इमरान सरकारले शिरिन मजारीलाई मानवाधिकार मन्त्री बनाएको छ । हालै, उनलाई आफ्नो अफिसमा सुतिरहेको अवस्थामा भेटियो । उनको एक तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।
शिरिन मजारीको यो तस्बिर भाइरल भएलगत्तै मानिसहरुले सोसल मिडियामा उनको आलोचना सुरु गरेका छन् । ट्वीटरमा पाकिस्तानीहरुले उनको निकै खिल्ली उडाइरहेका छन् ।
ट्वीटरमा एक प्रयोगकर्ताले लेखिन्, ‘सबै मानवाधिकारलाई सुनिश्चित गर्दा गर्दै पक्कै पनि थाकेकी होलिन् ।’


