![]()
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले थप ५१ वटा स्टलको सम्झौता खारेज गरेको छ । समितिले यसअघि ६ वटा स्टलको सम्झौता खारेज गरेको थियो । यो सँगै समितिले रातो सूचीमा राखेका ९८ मध्ये ५७ वटा स्टलको सम्झौता खारेज गरेको छ ।
आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको गुनासो आउन थालेपछि समितिले उनीहरुसँग स्पष्टिकरण सोधेको थियो । पहिलो चरणमा स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि भदौ १९ गते समितिको बैठकले असोज १ गतदेखि लागू हुनेगरी ती स्टलको सम्झौता खारेज गरेको थियो ।


